दमौलीमा “श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ” सुरु

दमौली : ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, दमौली शाखाले आजबाट २६ गतेसम्म “श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ” सञ्चालन गरेको छ । व्यास नगरपालिका–३ स्थित दमौली सभागृहमा महायज्ञका सञ्चालन गरेको हो ।

प्राचीन वैदिक ज्ञान श्रीमद् भगवद् गीतालाई आधुनिक जीवनशैली र विज्ञानसँग जोडेर व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले उक्त महायज्ञ आयोजना गरिएको बताइएको छ ।

यस्तै, महायज्ञको मुख्य आकर्षण वैज्ञानिक एवं व्यवहारिक प्रवचन रहनेछ । गीतामा निहित शाश्वत सत्य ज्ञानलाई आजको समाजमा देखिएका मानसिक तनाव, चिन्ता, डिप्रेसन, भय, दुःख र असुरक्षाजस्ता समस्यासँग जोडेर समाधानका उपाय प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । चिन्तन–मननमार्फत जीवनमा शान्ति, खुसी र आनन्दको अनुभूति गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिन लागेको बताइएको छ ।

महायज्ञमा मुख्य प्रवचकका रूपमा राजयोगिनी ब्रह्माकुमारी अमृत दिदी रहेको बताइएको छ । उनले मूल्य शिक्षा तथा आध्यात्मिकता विषयमा स्नातकोत्तर हुनुका साथै तनाव व्यवस्थापन र गीता विषयकी विज्ञ हुन् ।

उनले गीताको वास्तविक सार, आत्मा–परमात्माको सम्बन्ध तथा परमात्मा प्रत्यक्षताको आधारबारे सरल र स्पष्ट ढंगले प्रवचन दिने आयोजकले जनाएको छ। कार्यक्रम पूर्ण रूपमा निःकाम, निःस्वार्थ र निःशुल्क रहेको आयोजकले स्पष्ट पारेको छ । कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने श्रद्धालुहरूका लागि ब्रह्माकुमारी दमौलीले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker