बन्दीपुरको रामकोटमा सामुदायिक घरबास सञ्चालन

पर्यटकीय सम्भावना बोकेको बन्दीपुर गाउँपालिका–३ मा रामकोट सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । मगर समुदायको बाहुल्यता रहेको रामकोट क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको हो ।

उक्त क्षेत्रमा रहेका करिब १०० घरधुरी मगर जातिको बसोबास रहेको छ । पहिलो चरणमा करिब ३० घरधुरीमा घरबासको व्यवस्था मिलाइएको घरबास सञ्चालक समिति अध्यक्ष बिहीसरा आले थापाले जानकारी दिनुभयो ।

घरबासमा अहिले कम्तीमा ४५ जनासम्म पाहुना राख्नसक्ने क्षमताको रहेको र बिस्तारै क्षमता वृद्धि गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । घरबास प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु २० लाखमध्ये अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ । उहाँले भन्नुभयो, “सामुदायिक भवन नभएकाले अब भवन निर्माण गर्ने योजना बनाएका छौँ ।”

घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइने बताइएको छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्दु्रक, मकै, बाराका साथै घरबासमा आउने पाहुनलाई मगर समुदायको कलासंस्कृति प्रदर्शन गरी भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको घरबास सञ्चालक बताउँछन् ।

स्थानीयवासीलाई आर्थिक क्षेत्रमा सबल बनाउने उद्देश्यले पशुपालन र तरकारीखेतीलाई बढावा दिने योजना बनाइएको छ । घरबासमा प्याकेजमा खाजा, खाना, बास बस्न र बिहानको खाजासहित रु एक हजार शुल्क तय गरिएको घरबास सञ्चालक समिति सचिव कृष्णमाया थापाले बताउनुभयो ।

समूहमा आएका पाहुनाले मगर समुदायको कलासंस्कृति प्रस्तुति र प्रदर्शन गरेको हेर्न चाहेमा रु तीन हजार थप शुल्क कायम गरिएको छ । उक्त घरबासकोे शनिबार गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री जैविक नमूना गाउँका लागि रु ७० लाख र प्रदेश सरकारबाट घरबास प्रवद्र्धनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । स्थानीयवासीलाई स्वरोजगार बनाउन घरबासले थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker