तनहुँको भिमाद र ऋषिङ जोड्ने फेदीखोलामा पक्की पुल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण गरिएको छ । भिमाद नगरपालिका-५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका-८ पल्ट्याङ जोड्ने फेदीखोलामा विसं २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो ।

वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पक्की पुल निर्माणपछि स्थानीयवासी खुसी भएका छन् । उक्त पुलको शिलान्यास तत्कालिन अर्थमन्त्री किरण गुरुङले गरेका थिए । पुल निर्माण सम्पन्न भएपछि आइतबार उक्त पुलको पूर्वमन्त्री गुरुङले नै उद्घाटन गरेका छन् ।

पुलको उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । गुरुङले भने, ‘यहाँ पुल नहुँदा जनतालाई धेरै दुःख भयो, त्यही दुःख अन्त्यका लागि हामी सरकारमा हुँदा बजेट हालेका थियौ, समयमै काम सम्पन्न भएको छ ।’

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । २५ मिटर लामो पुलको चौर्डाई ८.४ मिटर रहेको छ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण भएको छ ।

वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले बताए । ‘हिउँदमा सामान्य भएपनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उनले भने, ‘फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयोे ।’

फेदीखोला हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुन्छ । खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।

ऋषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे । तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। फेदीखोलामा पक्की पुल निर्माण भएपछि भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाका हजारौ सर्वसाधारण लाभान्वित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker