आठ वटा सामुदायिक सिकाइ केन्द्रहरुलाई कदरपत्र प्रदान

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका भित्र संचालित ८ वटा सामुदायिक सिकाइ केन्द्रलाई सोमबार कदरपत्र प्रदान गरिएको छ । वडा भित्रका निरक्षर व्यक्तिहरुलाई साक्षर गराउन सफल ति सिकाइ केन्द्रलाई कदरपत्र प्रदान गरिएको हो । समुदाय भित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन उल्लेखनीय भूमिका निभाएको भन्दै ति सामुदायिक केन्द्रलाई कदरपत्र प्रदान गरिएको व्यास नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक किशोर वास्तोलाले बताए । केन्द्रका अध्यक्ष र सहजकर्तालाई कदरपत्र प्रदान गरिएको जानकारी उनले दिए ।

व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले सिकाइ केन्द्रलाई कदरपत्र प्रदान गरिन । सो अवसरमा बोल्दै उनले वडाभित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउने काम सिकाइ केन्द्रले गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन । सिक्न नपाएका व्यक्तिहरुलाई यस केन्द्रले सिकाउने काम गरेको जानकारी उनले दिइन । कार्यक्रममा व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, शिक्षा अधिकृत नविन पराजुली लगायतकाले सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker