तनहुँको याम्पाफाँट स्थित याम्पा बचतको ५औं अधिवेशन सम्पन्न

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको याम्पाफाँट स्थित याम्पा बचत तथा ऋण सहकारी संस्थाले १२औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले भानुभक्त भट्टराइको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्ष इन्दिरा भट्टराइ, सचिव गणेश तिवारी, कोषाध्यक्ष बरुण भट्टराइ, सदस्यहरुमा डिपि अधिकारी, भरत लामिछाने र शर्मिला मिश्र चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा तिर्था भट्टराइ, सदस्यमा रामचन्द्र पंडित र नारायणदत्त तिवारी छन् भने ऋण समितिको संयोजकमा विश्वनाथ भट्टराइ, सदस्यहरुमा कृष्णप्रसाद पुडासैनी र बद्री शर्मा भट्टराइ चयन भएको छ ।
उक्त अवसरमा असल ऋणी ५ जना र असल बचत कर्ता ११ जनालाई सम्मान गरिएको थियो । २०६६ सालमा स्थापना भएको सहकारीमा दैनिक बचत, मासिक बचत, मुद्दती बचत र साधारण बचत गर्न सकिने र सहकारीले धितो कर्जा, दैनिक कर्जा, मासिक कर्जा र आकस्मिक कर्जा उपलब्ध गराउँदै आएको छ ।
सहकारीका अध्यक्ष ऋषिराम भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बन्दिपुर-५ का वडा अध्यक्ष ध्रुब प्रसाद लामिछाने, सहकारीका संस्थापक अध्यक्ष बिमल प्रसाद भट्टराइ, विष्णुप्रसाद घिमिरे, भानुभक्त भट्टराइ, तिर्थामाया पन्त, उपाध्यक्ष बिमला पन्थले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारीका ब्यवस्थापक महेश्वर न्यौपानेले गत आर्थिक वर्ष २०७६/०७७ को आय ब्याय प्रतिवेदन पेश गर्दै सहकारीको शेयर पुँजी १ करोड ७१ लाख, कर्जा लगानी ३ करोड ५९ लाख २४ हजार ९२१ रुपैंया, बचत निक्षेप १ करोड ५६ लाख ८६ हजार ६६५ रुपैंया रहेको जानकारी गराएका थिए।










