पूर्वमन्त्री एवं राप्रपा नेता श्रेष्ठलाई मातृशोक

पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ । तनहुँको व्यास नगरपालिका-२ निवासी पूर्वमन्त्री श्रेष्ठकी माता विष्णुमाया श्रेष्ठको गत सोमबार काठमाडौंमा निधन भएको हो । उनको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
९१ वर्षीया स्व. श्रेष्ठ तीन वर्षदेखि विरामी पर्दै आएकी थिइन् । श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ र उनका दाजु सहित बन्दिपुर गाउँपालिका-४ स्थित माइतीघरमा काजकिरियामा बसेकी छन् । स्व. श्रेष्ठलाई समय समयमा रिंगटा लाग्ने समस्या देखिएको पूर्वमन्त्री श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘आमालाई अरु खासै रोग थिएन, टाउँकोको नशा सुक्दै गएकाले रिंगटा लाग्ने समस्या देखिन थालेको थियो ।’










