वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन्।

वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।

वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदैछ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker