निर्वाचन सामग्री व्यवस्थापनमा जुटयो निर्वाचन कार्यालय

भञ्ज्याङ समाचारदाता/दमौली

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एउटा मतदान केन्द्रमा ५८ वटा निर्वाचन सामग्री प्रयोग हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय यतिबेला सामग्री व्यवस्थापन गर्न जुटेको छ ।

निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको निर्वाचन अधिकारी हर्रि्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका लागि आवश्यकपर्ने बाक्सा र कर्मचारी व्यवस्थापनको काम भइरहेको छ “केही बाक्सा हामीसँग पहिल्यै छ, नपुग भएका बाक्सा निर्वाचन आयोगबाट आउँछ”, उहाँले भन्नुभयो, “अन्य सामग्री पनि व्यवस्थापन गरिरहेका छौँ ।”

निर्वाचन अधिकारी ढकालका अनुसार निर्वाचन सामग्री व्यवस्थापनसँगै कर्मचारी खटनपटनका लागि विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ । “सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ, अब मतदान केन्द्र र सहायक मतदान अधिकृत तोकेर २७ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पठाइसक्छौं”, उहाँले भन्नुभयो । जिल्लामा छ राष्ट्रिय र १७ क्रियाशील गरी कूल २३ राजनीतिक दलले निर्वाचनमा भाग लिनेछन् ।

मतदाता शिक्षा सञ्चालन नहुने

तनहुँमा यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको छ । निर्वाचन आयोगको निर्ण्र्ाामोजिम जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको हो । तर मतदातालाई कसरी मत हाल्ने भन्नेबारेमा मतदान केन्द्रमा सिकाइने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । “मतदानपूर्व नै मतदातालाई मतदान केन्द्रमा कसरी भोट हाल्ने भनेर सिकाउँछौँ”, उहाँले भन्नुभयो, “मत बदर हुन नदिन राजनीतिक दलले पनि मतदातालाई सिकाउनुपर्छ ।”

निर्वाचनका लागि यहाँ दुइ हजार ३७६ जनशक्ति परिचालन हुँदैछन् । निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक र २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।

तनहुँका दुइ लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।

निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम भएको निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको छ ।

यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपालिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker