नेकपा माओवादी केन्द्र तनहुँले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्‍यो

भञ्ज्याङ न्यूज

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्र तनहुँले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी) केन्द्र जिल्ला समन्वय कमिटीको शनिबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल र केन्द्रीय सदस्य हरिबहादुर चुमानलाई सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य आशा कोइराला सिफारिस भएकी छन्।

यस्तै, समानुपातिकतर्फ शम्भुबहादुर अधिकारी, अरुण खनाल, ओमकुमारी पौडेल, रामबहादुर थापा, जुम्मादिन मियाँ सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ (क) तर्फदिपक पन्त, शंकर जोशी र (ख) तर्फहेमराज लामिछाने, सूर्यबहादुर गौली, भिम राना सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ (क) तर्फराजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विकास श्रेष्ठ र मदन पौडेलको नाम सिफारिस गरिएको छ भने (ख) तर्फदेवीकुमारी बुर्जा मगर सिफारिस भएका छन् ।

प्रदेश समानुपातिकतर्फइन्द्रबहादुर अधिकारी, गीता शाही, बसन्त दरै, जौमाया बराल सुनार, दिलबहादुर नेपालीको नाम सिफारिस गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker