आँबुखैरेनीमा शिक्षक अभिमुखीकरण कार्यशाला

आँवुखैरेनी : शिक्षा तथा मानवस्रोत विकास केन्द्रको आयोजनामा आँबुखैरेनी गाउँपालिकामा कक्षा १ देखि ३ मा अध्यापनरत शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तकको कार्यान्वयनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला सम्पन्न गरिएको ।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई नयाँ पाठ्यक्रमको व्यवहारिक प्रयोग, कक्षा व्यवस्थापन र सिकाइलाई प्रभावकारी बनाउने विधि सम्बन्धी सीप सिकाइएको गाउँपालिकाकी शिक्षा अधिकारी निर्मला कुवाँरले जानकारी गराइन। कार्यशाला निकै प्रभावकारी रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक जमुना चुदाली र शाखा अधिकृत रेणुका अधिकारीले सहजीकरण गरेका थिए । उनिहरुले आयोजक पक्षले अमूल्य समय प्रदान गरी सहजीकरण गरेबापत धन्यवाद ज्ञापन गरेका थिए ।
साथै, सहभागी शिक्षकहरूलाई सिकाइलाई विद्यालयमा सहकर्मीहरूसँग साझा गरी कक्षाकोठामा व्यवहारिक रूपमा लागू गर्न आग्रह गरिएको छ ।










