व्यास क्षेत्रको प्रवर्द्धनका लागि एक महिने हिन्दू महामिलन पर्व सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

व्यासको जन्मभूमि दमौलीको प्रवर्द्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दू महामिलन पर्व सञ्चालन गरिएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मंगलबारदेखि सुरु भएको हो ।

महामिलन पर्वको उद्घाटन गर्दै विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले व्यासको भूमिलाई विश्वमाझ परिचित गराउन सबैको पहल आवश्यक रहेको चर्चा गरे । व्यासभूमिको प्रचारलाई हाल भइरहेको कार्यको प्रशंसा गर्दै उनले विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलको रुपमा यस ठाउँलाई विकास गर्नुपर्ने धारणा राखे ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासभूमिलाई विश्वमाझ परिचित गर्राई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सर्ंर्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने आयोजकले जनाएको छ । महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ।

यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्संकल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सर्ंर्कीतन एवं १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएकाले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । अधिकारीले भने, ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।’

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अडयाउने स्तम्भ निर्माणको काम भइरहेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपुरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ सय ३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुइ करोड चार लाख ६९ हजार चार सय १९ लागत साझेदारी गरेको छ ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्ट िव्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरू पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।

यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री संगम भएको भनाइ व्यक्त गर्नुभएको थियो ।

आजभन्दा करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker