कुकुरको बन्ध्याकरण

तनहुँको बन्दीपुर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा सञ्चालन गरेको दुइ दिने सामुदायिक तथा घर पालुवा कुकुरको बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक तथा प्राविधिकहरु । पशु सेवा शाखा नाहालामा सञ्चालन गरिएको शिविरमा कुकुरलाई निःशुल्क रुपमा बन्ध्याकरण र रेविज विरुद्धको खोप समेत लगाइएको थियो ।

तस्विर : भञ्ज्याङ










