भिमादको बडहरभञ्ज्याङमा वृहत स्वास्थ्य शिविर
भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकाले वडा नं. १ को बडहरभञ्ज्याङमा आयोजना गरेको एकीकृत वृहत स्वास्थ्य शिविरमा उपचार सेवा लिन आएका स्थानीय ।

शिविरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच तथा (दाँत, मुख आँखा) प्रयोगशाला सेवा मार्फ मृगौला लगायतका समस्याको पहिचानको सेवा प्रदान गरिएको थियो ।

८९२ जनाले सेवा लिएको शिविरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराका चिकित्साक सहित तनहुँ सेवा अस्पताल दुलेगौंडा प्राबिधिक सहयोग, भिमाद नगरपालिका अन्तर्गतका चिकित्साक सहित स्वास्थ्यकर्मीहरु, भिमाद आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरेका थिए ।

तस्विर : भञ्ज्याङ










