भूकम्प प्रभावितका लागि तनहुँ उद्योग वाणिज्य संघद्वारा सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई तनहुँ उद्योग वाणिज्य संघले सहयोग गर्ने संघले निर्णय गरेको हो ।
संघले भूकम्प प्रभावितका लागि ५० हजार १५६ सहयोग गर्ने निर्णय गरेको छ । संघको शनिबार सम्पन्न बैठकले मानवीय क्षति सहित धनजनको नोक्सान भएको प्रति दुःख व्यक्त गरेको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, संघले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपालीहरुको महान चाड पर्व विजय दशमी, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।










