महोत्सवमा अस्मिता र राजनसंग झुमे दर्शक

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा गत शुक्रबारदेखि सञ्चालित पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको छैठौ दिन महोत्सवमा दर्शक खचाखच भरिएका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले आयोजना गरेको महोत्सवको छैठौ दिन चर्चित गायिका अस्मिता डल्लाकोटी र गायक राजन कार्की संगै सुमन परियार संग दर्शक झुमेका थिए ।

महोत्सवको सातौ दिन बिहिबार गायक नवीन पौडेल, लक्ष्मी नेपाली, शंकर पन्त लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रतुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको छैठौ दिन १२ हजार दर्शकले महोत्सव अवलोकन र ७ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए । त्यस्तै महोत्सवको छैठौ दिनसम्म कुल ६७ हजार दर्शकले महोत्सव अवलोकन र ५२ लाखको कारोबार भएको प्रवक्ता मगरले बताए ।

यस्तै महोत्सवमा बिहीबार र शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । जसका लागी २० वटा समुह दर्ता भएका छन् । व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ ।

महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।

महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् । त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइन्स, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।

‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु. ७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवर्द्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकषिर्त गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker