अपाङ्गता श्रीमानको हेरचाह गर्ने नै आगोमा जलेपछि…

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिका-७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए। पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण रुपमा अपाङ्गता हुन पुगे । यसयता उनि ओछ्यानमा थला परेका छन् । भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आइन ।

श्रीमानको रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो । घरमै पसल सञ्चालन गरी परिवारको गुजारा चलाउँदै आएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आइपर्‍यो । ग्यास पडि्कएर घरमा आगलागी हुँदा कल्पनाको शरीरका विभिन्न भाग जलेको छ ।

श्रीमानको हेरचाहमा व्यस्त हुनुपर्ने उनि आफैं उपचारका लागि अस्पताल भर्ना हुनुपरेको छ । उनको हाल गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । अरुको सहराबिना शरीर चलाउन तथा दैनिक कार्य गर्न नसक्ने अवस्थामा श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपिएका दीपकले बताए । ‘एकातिर आफ्नो पीडा त छँदै थियो, श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपियो’, उनले भने, ‘हेरचाह गर्ने मान्छे नहुँदा मलाई पनि समस्या भइरहेको छ ।’ उनले श्रीमतीको उपचारका लागि आर्थिक अभाव भएपछि सबैसँग सहयोगको अपिल गरेका छन् ।

‘घरमा पसल सञ्चालन गरेर गुजारा चलिरहेको थियो, श्रीमती नै घाइते भएपछि उसको उपचारका लागि पनि पैसा छैन’, भण्डारीले भने, ‘सबैले सहयोग गरिदिए छिटो निको हुन्थ्यो की।’ यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँले आगलागीबाट घाइते कल्पनाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । रिसेडका अगुवा इश्वर बाँस्तोला र किशोर न्यौपानेले उहाँको उपचारका लागि ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । संस्थाका अध्यक्ष पदमबहादुर परियारले कल्पनाको उपचारका लागि आवश्यक समन्वय तथा सहयोग गरिरहेका छन् । कल्पनाको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले मुक्तिनाथ विकास बैंकको ००७२०६००१०५१२६०००००१ खातामा रकम जम्मा गर्न सकिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker