तनहुँ अदालतमा “मिट जज कार्यक्रम” सञ्चालनमा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ जिल्ला अदालतले मिट जज कार्यक्रम सञ्चालनमा ल्याएको छ । सेवाग्राहीसंग प्रत्यक्ष भेटभाट गरी गुनासो तथा समस्या संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो ।
उक्त कार्यक्रम अन्तर्गत विहीबार अदालतमा मुख्य न्यायाधीश हरिशचन्द्र ढुंगनाले सेवाग्राहीसंग भेटघाट गरी गुनासो तथा समस्या संकलन गरेका छन् ।

अदालत परिसरमा मिट जज कार्यक्रम अन्तर्गत सेवाग्राहीसंग भेटघाट गरी मुख्य न्यायधिश ढुंगनाले उनिहरुको गुनासो र समस्या संकलन गरेको अदालतका नासु सन्तोष शर्माले बताए । सेवाग्राहिले मुख्य न्यायधिश ढुंगनासंग मुद्दाको चापले पेशी लामो समयसम्म रहने गरेको गुनासो गरेका थिए ।










