ट्राफिक सप्ताह अन्तर्गत भानु र बन्दिपुरमा प्रहरीको नागरिक सुनुवाई

डिपि अधिकारी/बन्दिपुर

ट्राफिक सप्ताह अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँले भानु नगरपालिकाको फुस्रेटारमा र बन्दिपुरमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । भानुमा आयोजित नागरिक सुनुवाईमा ‘लागु पदार्थ विरुद्ध सचेतना’ कार्यक्रम गरिएको थियो । भानुका प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले सहभागिहरुले लागुऔषध दुर्व्यसनी, कारोबार र कानुनी व्यबस्था सम्बन्धी विषयमा सहजिकरण गरेका थिए ।

त्यस्तै, पर्यटकीय नगरी बन्दिपुरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । ट्राफिक सप्ताहको अवसर पारेर नेपाल प्रहरीले स्थानीय नागरिकलाई दिने सेवामा नागरिकको गुनासो, सुझाबलाई समेट्दै प्रहरीको सेवालाई अझ बढी प्रभाबकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको तनहुँका प्रहरी उपरीक्षक अबदेश बिष्टले बताए ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, नेकपा (माओबादी केन्द्र) बन्दिपुरका अध्यक्ष लोकबहादुर बानिया, काँग्रेसका सुनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोबर्धन भट्टराइ, कुलबहादुर गुरुङ, राष्ट्रिय जनमुक्तिका क्याप्टेन दिलबहादुर थापा, उद्योग बाणिज्य संघ बन्दिपुर इकाइ सभापति घनश्याम उपाध्यय, उद्योग बाणिज्य संघ डुम्रे इकाइ उप सभापति हेमलाल भिके, होटल ब्यवसायी संगीता प्रधान, सुदर्शन प्रधान, सुन्दरलाल श्रेष्ठ, बिष्णु ढकाल, अनुज पंडित, तिर्थ सेढाइ, उज्वल गुरुङ, गीता लम्साल लगाएतले नेपाल प्रहरीले स्थानीय नागरिकलाई प्रदान गरिरहेको सेवाको सर्न्दर्भमा सल्लाह सुझाब र केही गुनासो समेत राखेका थिए ।

बोल्ने बक्ताहरुले पर्यटकीय क्षेत्रमा राती अबेरसम्म होटल खोल्न पाउनु पर्ने, प्रहरीले घरेलु हिंसाका पीडितहरुको उद्धार र पीडकलाई कानुनी कारबाहीको कठघरामा उभ्याउन अग्रशरता दिइनु पर्ने, प्रहरीले गर्ने ब्यवहारमा एकरुपता हुनु पर्ने, गाउँटोलमा सामाजिक सुरक्षा भत्ता वितरणमा सुरक्षाको हिसाबले सहयोग गर्नुपर्ने, ट्राफिक प्रहरीको नियम सबैलाई एकै किसिमको हुने गरी ब्यवहार गर्नुपर्ने, सडक सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्टले स्थानीहरुको जिज्ञासाहरुको जवाफ दिँदै हरेक नागरिक बिना बर्दीको प्रहरी भएकाले प्रहरी मेरो साथी भन्ने अवधारणालाई आत्मसाथ गर्नुपर्ने र सहकार्य गरी हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker