जनसहयोगी माविको अध्यक्षमा थापा चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३ सम्जुर स्थित जनसहयोगि माध्यमिक विद्यालयमा मान बहादुर थापाको अध्यक्षतामा व्यवस्थापन समिति चयन गरिएको छ । विद्यालयको आइतबार सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवं सल्लाहकार समितिका पदाधिकारीहरु चयन गरिएको हो ।
विद्यालयको व्यवस्थापन समिति सदस्यहरुमा सिताराम बानियाँ, कृष्ण बहादुर अधिकारि (पदेन सदस्य), मिना कुवर, सबिला मिया, सलिमा मिया, सदस्य सचिवमा राम शरण पौडेल र शिक्षक प्रतिनिधिमा नवराज ढकाल चयन भएको बताइएको छ ।
यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा फजिर महमद शेख र सदस्यहरुमा सन्त बहादुर राना, चिनुमाया श्रेष्ठ, ठुलोकान्छा महमद जमिर मिया, सुक बहादुर परियार, महमद सिद्दिक मिया, कलिला खातुन, राममाया श्रेष्ठ, शिक्षक अहमदिन जमिर मिया र लक्ष्मि अधिकारी चयन भएका छन् ।
विद्यालयको सल्लाहकार समिति संयोजकमा मौलादिन शेख र सदस्यहरुमा याकुपदिन मिया, सागर अधिकारी, असुरदिन मिया, हित बहादुर बस्नेत, धर्मराज अधिकारी, लोकबहादुर खनाल, जयन्तिमाया गुरुङ, रेशम बहादुर थापा, कृष्ण बहादुर गुरुङ, जुम्मादिन मिया चयन भएको बताइएको छ ।










