व्यास नगरपालिकाले एक वर्षमा ११ किमी सडक कालोपत्रे गर्‍यो

भञ्ज्याङ समाचारदाता/दमौली

आर्थिक वर्ष ०७७/७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।

नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १०० ढल निर्माण तथा सुधार गरेको जनाएको छ। उहाँले व्यास-११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५०० मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७७५ मिटर नाला निर्माण सम्पन्न भएको बताउनुभयो । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको रु पाँच करोड र संघीय सरकारको रु पाँच करोड लगानी छ ।

“खड्गकाली मार्गको संघीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौता पश्चात् काम भइरहेको छ”, शाखा प्रमुख डा पौडेलले भन्नुभयो, “बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कङ्क्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।”

यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मी सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ। दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार) मा आठ सय मी सडक कालोपत्रे भएको छ भने ६९१ मी नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८६५ मी सडक कालोपत्रे भएको छ भने ४२५ मी नाला निर्माण भएको छ ।

कलेस्ती मार्गमा एक हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मी नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास-१० मा ७९० मी सडक कालोपत्रे भएको छ भने ४८२ मी नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

कमलबारी वडा कार्यालय मार्गमा ५५२ मी सडक कालोपत्रे भएको छ भने ५४४ मी नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट)मा ३०० मी सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मी नाला निर्माण भएको छ । नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुइ जातीय सांस्कृतिक संग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker