आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानद्वारा अक्षयकोष स्थापना

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो जन्मदिनका अवसरमा क्याम्पसमा अक्षयकोष स्थापना गरेका छन् ।

अध्यक्ष चुमानले आफ्ना स्वर्गीय दाइको स्मृति स्वरुप अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गीय दाइ आकाश चुमानको नाममा आँबुखैरेनी क्याम्पसमा एक लाख एक हजार १११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित अध्यक्ष चुमानले उक्त रकमको चेक बुधबार क्याम्पस प्रमुख बाबुराम देवकोटालाई हस्तान्तरण गरेका छन् ।

जन्मदिनमा हुने फजुल खर्चको साटो क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना गरेको उनले बताए । अध्यक्ष चुमानका दाइले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker