युवती हत्या आरोपमा दुई पक्राउ

सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिनुभएको छ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker