भानुमा भुमि सम्वन्धी समस्या समाधान आयोगद्वारा अन्तरक्रिया

- विवि श्रेष्ठ (भानु)
भुमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लामा भएको भुमि सम्वन्धी समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरिएको छ । भानु नगरपालिका-३ का अव्यवस्थित, सुकुम्वासी जग्गा सम्बन्धी सरकोकार पक्षसंग अन्तरक्रिया गरिएको हो । भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एक वहादुर रानाले बिगतमा पनि सरकारले भुमि समस्याका लागि आयोग बनेको तर त्यो प्रतिपक्ष दलका कारण सफल हुन नसकेको तर अहिले गठित आयोग संसदबाट नै अनुमोदित भएको हुँदा अधिकारप्राप्त रहेको बताए ।
छुट जग्गा, अव्यवस्थित जग्गा, भुमिहिनहरुका लागि आयोगले विभिन्न प्रकारको नियमहरु बनाएर काम गरेको हुँदा यसले पूर्णता पाउने विश्वास व्यक्त गर्दै उनले आयोगले आवश्यकताका आधारमा क्षेत्रगत आधारमा भुमिको व्यवस्थापन गर्ने हुँदा इमान्दारिताका साथ आफुले भोगचलन गरेको जग्गालाई व्यवस्थित गर्न भूमिका खेल्न आग्रह गरे ।
गण्डकी प्रदेशको अन्तर्गत तनहुँको भानु नगरपालिका, देवघाट गाँउपालिका र शुक्ला नगरपालिकामा भुमिको समस्या अत्याधिक रहेको हुँदा पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए । वडा अध्यक्ष दलनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा नेकपा गण्डकी प्रदेश सदस्य ओम कुमारी पौडेलले जनताको लालपुर्जा पाउने आशा यो सरकारले पुरा गर्ने बताइन् । बिगतमा पनि सरकारले जनतालाई लालपर्ुजा दिनका लागि लागेको तर विपक्षीका कारण असफल भएको नेकपा तनहुँका कार्यलय सचिव राजेश्वर ढकालले बताए । भानु नगरपालिकाको वडा नं. ९, ८, ३ र १ क्षेत्रमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जनताहरुले भुमि सम्वन्धि विभिन्न जिज्ञासा राखेका थिए ।










