तनहुँमा चाडपर्व लक्षित बजार अनुगमन

तनहुँमा चाडपर्व लक्षित अनुगमनलाई निरन्तरता दिइएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहार नजिकिदै गर्दा जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीको नेतृत्वमा शुक्रबार आँबुखैरेनी गाउँपालिका–३ आँवुखैरेनीको बजार क्षेत्रमा अनुगमन गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा खट्टिएको अनुगमन टोलीले बजार क्षेत्रको किराना पसल, होटल, डिपार्टमेन्टल स्टोर्स, मासु पसल, पशु तथा एग्रो फार्म, मेडिकल तथा स्वास्थ्य क्लिनिक गरी ४१ वटा पसलको अनुगमन गरिएको छ ।

बजार अनुगमनका क्रममा म्याद सकिएका १८ हजार ७० रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

त्यस क्रममा व्यवसायीलाई म्याद सकिएका वस्तु विक्री वितरण नगर्न, मूल्यसूची राख्न, कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले व्यवसाय सञ्चालनका क्रममा कमजोरी नगर्न र कमजोरी गरेको भेटिए कानून अनुसार कारवाही गर्ने बताए ।

अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि सहभागी थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker