प्रेस चौतारी गण्डकीको साधारणसभा : सातबुँदे पोखरा घोषणापत्र जारी

भञ्ज्याङ समाचारदाता/पोखरा

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ सदस्यता शुद्धीकरण अभियान नाममा महासंघ गण्डकीले प्रेस चौतारी नेपालमा आबद्ध क्रियाशील पत्रकारलाई छानीछानी सदस्यता खारेज गरेकोप्रति आपत्ति जनाएको छ । साथै उक्त निर्णय तत्काल सच्याउन माग गर्दै महासंघ प्रदेश समितिमा लगाएको तालाबन्दी कायम राखी अझ कठोर संघर्ष का कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
यसैगरी, गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकलाई मिडियामैत्री बनाएर यथाशीघ्र पारित गर्न माग गरेको छ भने संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारले सुरुवात गरेको सञ्चारमाध्यमको लागि लोककल्याणकारी विज्ञापन वर्तमान सरकारबाट विज्ञापनको रकम घटाउने तथा वितरण प्रक्रियामा विभेद गर्ने जस्ता परिदृष्य देखिएकाले यस्तो कार्य तत्काल रोक्न र सबै सञ्चारमाध्यमले समान हिसाबले लोककल्याणकारी विज्ञापन र सोवापतको रकम पाउने व्यवस्था गर्न माग गरेको छ ।
अनेक बहानामा श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमबाट निष्काशन गर्ने, काम छोड्न बाध्य पार्ने र समयमा पारिश्रमिक उपलब्ध नगराउने जस्ता गतिविधि भैरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न र श्रमजीवी पत्रकारलाई पेशागत सुरक्षाको ग्यरेन्टीको माग गर्दै समयमै न्युनतम पारिश्रमिक उपलब्ध गराउन माग गरिएको छ । पोखरासहित प्रदेशका सम्पूर्ण पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधारको विकास र आन्तरिक तथा बाहृय पर्यटकहरुको आगमन बढाउन आवश्यक नीति, बजेट र कार्यक्रम बनाएर लागू गर्न प्रदेश सरकार र सम्बन्धित सरोकारवाला निकाय समक्ष माग गरिएको छ ।
यसअघि साधारणसभाको उद्घाटन समारोहका अधिकांश वक्ताले अहिलेको सरकार नागरिकको हितमा नभएको र पत्रकार महासंघ सरकारको छाया संस्थाको रुपमा विकास हुँदै गरेको भन्दै कडा टिप्पणी गरे । कार्यक्रम उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीका सदस्यहरुलाई छानीछानी महासंघले हटाएको भन्दै उक्त निर्णयको चर्को विरोध गरे । शुद्धीकरण अभियान प्रेस चौतारीले सुरुआत गरेको स्मरण गर्दै उनले यदि चौतारीलाई घेराबन्दी पारिए महासंघका देशभरका शाखा तथा एसोसियट शाखामा तालाबन्दी गरिने चेतावनी दिए ।
एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतमले अहिलेको सरकार जनताको हितमा नरहेको भनी टिप्पणी गरे । चौतर्फी घेराबन्दीबीच पनि प्रेस चौतारी सशक्त बन्नुपर्ने सुझाव दिए ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेको गण्डकी सरकारले आफूहरुले सुरुआत गरेको कामलाई नै मुख्य उपलब्धि हो भनी सार्वजनिक गर्नु हाँस्यास्पद भएको टिप्पणी गरे।
एमाले केन्द्रीय सदस्य एवं जनवर्गीय संगठन समन्वय संयन्त्र गण्डकी संयोजक डा. सूर्य पाठक, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन बिस्ट, एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रचार संयोजक राजीव पहारी, एमाले गण्डकी प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्य, चौतारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल लगायतले महासंघको शुद्धीकरणमा भएको विभेदको चर्को विरोध गरेका थिए ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको बन्दसत्रमा गण्डकीका मनाङबाहेक सबै जिल्लाका अध्यक्षले शाखाको प्रगति प्रस्तुत गरेका थिए । प्रेस चौतारी गण्डकी महासचिव आश गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष भविश्वर पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल सहित सर्वसम्मत पारित भएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker