म्याग्दे गाँउपालिकाद्वारा भूमि वर्गिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भञ्ज्याङ समाचारदाता/थर्पु

म्याग्दे गाँउपालिकाले जिल्लामा नै पहिलो पटक भूमि वर्गिकरण सम्वन्धि एक दिने वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम म्याग्दे गाउँपालिका वडा नं ४ र ७ वडाको समुदाय, टोल विकास संस्था र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्दै गाँउकार्यपालिकाले स्थानीय भू-उपयोग कार्यान्वन समिती, भू-उपयोग परिषद र प्राविधिक समिती गठन गरेको वडा स्तरिक सहजीकरण समिती समेत गठन गरी सक्किएको बताएका थिए ।

साथै, स्थानीय पत्र पत्रिकामामा समेत सुचना प्रकाशित गरी काम कारवाही अगाडी बढाइएको उनले बताएका थिए । भू उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको र मालपोत कार्यालय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी वढाइएको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताएका थिए ।

मालपोत कार्यालय तनहुँका प्रमुख चिरन्जीवि पौडेलले अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । भूमि वर्गिकरण तथा उपयोग १० वटा मापदण्ड तय गरिएको र सोही अनुरुप काम गरिने उनले बताए । जसमध्ये कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि खोला ताल क्षेत्र, र्सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा परातात्विक महत्वको क्षेत्र र नेपाल सरकारवाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र रहेका छन् ।

यसैगरी नापी कार्यालय तनहुँका अधिकृत कृष्ण प्रसाद आचार्यले नक्सा सम्वन्धी विषय र यसको क्षेत्राधिकारका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । गाँउपालिकाको घरनक्सा शाखाले मंसिर २० गते भित्र ७ वटै वडाको प्रतिवेदन गाँउपालिकालाई पेश गर्ने गरी कार्यक्रम अगाडी बढाएको छ ।

सुझाव सहितको अन्तिम प्रतिवेदन तयार गरी कार्यपालिकाको निर्णय सहित स्वीकृत फाइनल घोषणा तथा सार्वजनिक मंसिर २३ गते गर्ने र सो पाश्चात प्रदेश, संघ सहित राय लिई राजपत्रमा प्रकाशन गरी कार्यन्वयन गर्ने पालिकाले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रम हरेक वडामा संचालन गरिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker