राष्ट्रपति भएपछि गृहजिल्ला आएका पौडेलले भने : दलीय राजनीतिमा हात हाल्दिन, विकासबाट झिक्दिन

भञ्ज्याङन्यूज

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला तनहुँ आइपुगेको राष्ट्रपति रामचन्द्र पौडेलले दलीय राजनीतिमा हात नहाल्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोट स्थित मिर्लुङ भयर ठाकुर (भयरथान) मन्दिरको शनिबार दर्शन गरी सदरमुकाम दमौली स्थित व्यास नगरपालिका-३ बिपी वनवाटिकामा नवनिर्मित दमौली सभागृहको उद्घाटन गर्न आइएको राष्ट्रपति पौडेलले दलीय राजनीतिमा हात नहाल्ने र विकासबाट हात नझिक्ने प्रतिवद्धता जनाएका छन् ।

‘देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु’ उनले भने, ‘सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी हो र विकास नै मेरो पहिलो शर्त रहनेछ ।’

‘संविधानको रक्षा गर्नु सबैको दायित्व हो’, उनले भने, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएको नाताले मेरो कदम त्यसतर्फहुनेछ ।’

स्थायीत्व र सुशासनबाट विकास सम्भव रहेको बताउँदै राष्ट्रपति पौडेलले सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने र देशलाई बलियो बनाउनेतर्फलाग्न सबैलाई आग्रह गरेका छन् ।

उनले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्नेमा जोड दिए । ‘अति दलबन्दीले निमुखाको न्याय मर्छ’, राष्ट्रपति पौडेलले भने, ‘निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको छ । दलहरु मिलेर आपसमा सहकार्य गरेर राष्ट्रिय एकतामा मिलेर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने बताएका छन् । उनले भने, ‘दुइ ठूला छिमेकी देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ र सबै दल मिले मात्रै देश बलियो बन्छ ।’

दमौली सभाहल उद्घाटन समारोहमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताइन् । उनले सबैको पहुँच पुग्ने गरी गुणस्तरीय भवन समयमै बनाउनु पनि सरकारको दायित्व भएको बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताए । यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै मुख्यमन्त्री पाण्डेले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वणिर्म वाग्ले, तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारी, काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, प्रकाश पन्थ लगायतले कुशासनले विकास रोकिएको चर्चा गर्दै असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

सांसदहरुले विकास निर्माणका काम समयमा नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिंदै समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै, शहरी विकास मन्त्रालयको २३ करोड ६२ लाख रुपैयाँको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी गराए ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा ५९३ जन अट्ने क्षमताको सभाहल छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिने सचिव श्रेष्ठले बताए ।

भवनमा मुख्य सभाहल बाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker