तनहुँको मानहुँकोट घुम्न आएका एक युवक मृत भेटिए

भञ्ज्याङ समाचारदाता, दमौली

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोट घुम्न आएका एक युवक बुधबार मृत भेटिएका छन् । स्थानीयको घरमै सुतेको अवस्थामा शुक्लागण्डकी नगरपालिका-७ का ३५ वर्षीय सागर थापा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मंगलबार राति १०/१२ जना साथीको समूहमा घुम्न आएका सागर बुधबार सुतेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनले भने, ‘मंगलबार राति आएर मानहुँमै बास बसेका उनीहरु बुधबार बिहानै घुम्न पनि गएका रहेछन ।

साथीहरुसंग घुमफिर गरी स्थानीयको घरमा आराम गर्न सुतेका थापा मृत अवस्थामा भेटिए ।’ उक्त घटनामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker