लमजुङमा सुन्तला उत्पादनमा ह्रास

भञ्ज्याङ समाचारदाता/लमजुङ

लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । बेँसीसहर नगरपालिका-११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाउनुभएको छ ।
उहाँले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दैआउनुभएको थियो । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उहाँको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुइ करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । छ/सात वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताउनुभयो । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेटि्रक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
त्यस्तै, आव २०७८/७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुइ सय ४० मेटि्रक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७/७८ मा दुइ सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फकिसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।
सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरो लगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker