देवघाटधाममा बालिका आश्रम बन्दै

  • रासस (भरतपुर)

देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ । रु पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पा“चका जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २० लाख, वाग्मती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेका छन् । प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार १०८ जनालाई आवासीय रूपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कारसहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उहाँले भन्नुभयो, “स्रोत जुटेमा भवनको सबै संरचना छिट्टै बनाइनेछ ।” उहाँले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताउनुभयो । रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ बालिकालाई परिवारको खोजी गरी परिवारमा पुनःस्थापना गरिएको बताउनुभयो ।

आश्रममा १५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रूपमा सूचीकृत भइसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताउनुभयो । आश्रममा २१ जिल्लाका बालिका आश्रति छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker