दुलेगौँडामा युवाहरु बीच विवादहुँदा चक्कु प्रहार, एक जना घाइते

दुलेगौंडा : तनहुँ शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा युवाहरु बीच विवाद हुँदा चक्कु प्रहार गरिएको छ । शुक्लागण्डकी–४ दुलेगौंडास्थित हेल्थपोष्ट चोकमा शुक्रबार युवाहरु बीच विवाद भएको थियो ।

उक्त विवादका क्रममा दुई युवाले चक्कु प्रहार गर्दा बेलचौताराका दिपेश न्यौपाने घाइते भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

२५ बर्षका न्यौपानेसँग विवादका क्रममा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलचौताराले केही युवाहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरी निरिक्षक पोषण थापाका अनुसार घाइते न्यौपानेलाई उद्धार गरी जीपी कोइराला अस्पतालमा उपचारका लागि पु¥याइएको छ । घाइतेको पिठ्युमा चक्कु प्रहार गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker