घाँसीकुवाको मुल संरक्षण

तनहुँको व्यास नगरपालिका-१२ स्थित घाँसीकुवाको मुल संरक्षणका लागि कुवा निर्माण गरिदै । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तारका कारण घाँसीकुवा र घाँसीपार्क भत्किएपछि सडक विस्तार योजनाले घाँसीकुवाको मुल संरक्षणका लागि सडकको माथिल्लो भागमा कुवा निर्माण गरिदिएको छ । सडकको तल्लो भागमा रहेको पुरानो कुवा भने सडक सीमा भित्र परेका कारण भत्काइएको छ। आदिकवि भानुभक्त आचार्यसंग जोडिएको घाँसीपार्क सडक विस्तारसंगै संरक्षणको पर्खाइमा रहेको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










