तनहुँ सेवा समाज युएइद्वारा वृद्ध आश्रमलाई सहयोग
भञ्ज्याङन्यूज

तनहुँ सेवा समाज युएइले तनहुँका विभिन्न वृद्ध आश्रमहरुलाई आर्थिक तथा जिन्सी सामाग्रि सहयोग गरेको छ । समाजले जिल्लाका ६ वटा वृद्ध आश्रमलाई एक कार्यक्रमका बीच सहयोग सामाग्रि हस्तान्तरण गरेको हो ।
व्यास-५ को कृष्ण झुला वृद्ध आश्रम चापाघाट, वेद व्यास ज्येष्ठ नागरिक आश्रम चापाघाट, परासर वृद्ध आश्रम पाटन, शुक्लागण्डकी नगरपालिकाको ज्येष्ठ नागरिक सेवा केन्द्र, मुक्तिनाथ च्यावनधाम शुक्लागण्डकी, देवघाट समाज कल्याण केन्द्र देवघाटलाई करिब तीन लाख रुपैयाँ बराबरको आर्थिक तथा जिन्सी सामाग्रि सहयोग गरेको सामाजका उपाध्यक्ष गणेश बस्नेतले जानकारी गराए ।
तनहुँ सेवा समाज युएइले तनहुँको सम्पूर्ण वृद्धाश्रमहरूमा केही राहत मिलोस भन्ने उद्देश्यले सहयोग गर्दै आएको उपाध्यक्ष बस्नेतले बताए ।
यस्तै, समाजले गरेको सहयोग प्रति ध्यन्यवाद व्यक्त गर्दै देवघाटमा रहेको वृद्ध आश्रममा धेरै दाताहरू आफ्नै आमाबुवा सम्झेर आउने गर्दा आश्रममा रहेका वृद्धवृद्धालाई भरपोषणा सहयोग पुगेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जोडि दिए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी कल्पना गौलीले वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको सहयोगका लागि सबै क्षेत्रले मन फुकाउनुपर्ने र सानो सहयोगले पनि आश्रम सञ्चालनमा टेवा पुग्ने बताइन ।










