लाटोकोसेरो संरक्षणका लागि कास्की र स्याङ्जामा गुँड बनाइँदै

गण्डकी : लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यका साथ कास्की र स्याङ्जामा एक सयवटा गुँड बनाइने भएका छन् ।

प्रकृतिका साथीहरू संस्थाको सक्रियतामा स्याङ्जामा १० र कास्कीमा ९० वटा गुुँड बनाउन लागिएको निर्देशक राजुु आचार्यले जानकारी दिनुभयो । “विगतमा पोखरा र आसपासका क्षेत्रमा रहेका पुराना घरहरूमा लाटोकोसेरोका गुँडहरू पाइन्थ तर हाल बासस्थानको समस्या परेको छ”, उहाँले भन्नुभयो, “बासस्थानलाई सहज बनाउने उद्देश्यका साथ लाटोकोसेरोहरू रहेका स्थान पहिचान गरी गुँड बनाउने तयारी गरेका हौँ ।” गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणका लागि संरक्षणदूत छनोट गरिसकिएको र उनीहरूसँगको समन्वयमा आगामी तीन साताभित्र गुँडहरू राख्ने तयारी गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

यहाँ पहिलोपटक छजना संरक्षणदूत छनोट गरी संरक्षण अभियान अघि बढाइएको छ । उनीहरूले बुढा रूखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणका लागि कृत्रिम गुँड वितरण, चोरी–सिकारी नियन्त्रणका साथै सरोकार भएकाहरूको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्नेछन् ।

लाटोकोसेरो संरक्षणदूतका रूपमा केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुङ्गाना, ज्योति शर्मा र दीपा गुरुङले एक वर्षसम्म स्वयंसेवकका रूपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जनाइएको छ । यसअघि उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सम्पन्न भइसकेको छ ।

संस्थाका निर्देशक एवं संरक्षणविद् राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्विट्ली’ संरक्षण पुरस्कार प्राप्त गर्नुुभएकामा सोही पुरस्कारको रकमबाट लाटोकोसेरो संरक्षण अभियानसँगै गुँड निर्माणलगायत कार्यक्रम गर्न थालिएको संरक्षणदूत बालकुमार गुरुङले जानकारी दिनुुभयो । उहाँका अनुसार गुँड राख्नका लागि स्थान पहिचानको काम सुरू भइसकेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker