पत्रकार कल्याणकारी कोष स्थापना गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलको अध्यक्षतामा शनिबार बसेको भर्चुअल बैठकले उक्त कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरूबाट आर्थिक संकलन, शुभेक्ष्छुक, सहयोगी संस्था र व्यक्तिबाट संकलन भएको रकमले कल्याणकारी कोष स्थापना गर्ने पत्रकार महासंघ तनहुँका सचिव प्रताप रानाले बताए ।
बैठकले क्रियाशिल पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड-१९ को दोस्रो लहर दिनप्रतिदिन संक्रमण फैलिएकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गरिदिन पत्रकारहरूलाई महासंघले अनुरोध समेत गरेको छ ।










