उद्योग वाणिज्य संघको सम्मान र शुभकामना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सम्मान गरेको छ । जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा शुभकामना व्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा प्रजिअ रिजालले तनहुँ उद्योग वाणिज्य संघसँग सहकार्य गरेर काम गर्दा प्रशासनलाई सहज हुने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्दा प्रशासनलाई सहज हुने विश्वास व्यक्त गरे ।

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्धि सम्भव रहेकाले सकारात्मक कुरामा संघसँग सहकार्य गर्न प्रशासन सदैव तयार रहेको बताए । यस्तै, प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले उद्योगी व्यवसायीको सुरक्षामा प्रहरी गम्भीर रहेको बताए।

कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले प्रजिअ रिजाल र प्रहरी उपरिक्षक विष्टलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker