दमौलीस्थित खेलमैदानको प्याराफिटमुनि सरसफाइ

दमौली : तनहुँको दमौलीस्थित खेलकुद मैदानको प्याराफिटमुनि लामो समयदेखि थुप्रिएको फोहोर सामाजिक अभियन्ता सुदिप गफ्फारले सरसफाइ गरेका छन् ।
प्याराफिटमुनि फोहोर तथा दिशा–पिसाबका कारण दुर्गन्ध फैलिन थालेपछि गफ्फारले बिहीबार सरसफाइ अभियान सञ्चालन गरेका हुन् । उनको पहलमा प्याराफिटमुनिको करिब दुईतिहाइ भाग सफा गरिएको छ भने बाँकी एकतिहाइ भागको सरसफाइ गर्न बाँकी छ ।
खेलकुद तथा सार्वजनिक गतिविधि सञ्चालन हुने स्थानमै फोहोर र दुर्गन्धको समस्या बढ्दै गएपछि गरिएको यस अभियानले खेलमैदानको वातावरण स्वच्छ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सार्वजनिक स्थलको सरसफाइ र संरक्षणमा सम्बन्धित निकायसँगै नागरिकको सक्रियता पनि आवश्यक देखिएको छ ।










