विविध कार्यक्रम गरी तनहुँमा ६०औं बालदिवस मनाइयो

दमौली : ६०औं बालदिवसका अबसरमा नेसनल प्याब्सन तनहुँले अन्तर विद्यालय हाँजिरिजवाफ प्रतियोगिता गरेको छ । २३ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता व्यास–५ स्थित तनहुँ तारापुञ्ज बोडिङ स्कूल प्रथम, व्यास–१० का न्यू मनास्लु एकेडेमी द्वितीय र व्यास–१ भादगाउँको लड बुद्ध एकेडी तृतीय भएका छन् ।
प्रतियोजितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार ५ सय र ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट १०औं स्थानमा पर्ने टिमलाई एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
तनहुँ प्याब्सनका जिल्ला अध्यक्ष विश्वेश्वर खनालको सभापतित्वमा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद् अशोक कुमार श्रेष्ठ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष तिलवबहादु चौहान, केन्द्रीय सदस्य सन्त तामाङ, पूर्व केन्द्रीय  सदस्य सहदेव अधिकारी, नेसनल प्याब्सन तनहुँका निवर्तमान अध्यक्ष रामकृष्ण विक लगायतले भविष्यका कर्णधार कलिला भाईबहिनीहरुलाई किताबी ज्ञानका अतिरिक्त समसामयिक विषयको जानकारी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने चर्चा गरेका थिए ।
यस्तै, व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयले ‘बालबालिका माथिको लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६०औं राष्ट्रिय बाल दिवस २०८१ विविध कार्यक्रमका साथ मनाएको छ ।
विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बालबालिकाले सम्पूर्ण हक र अधिकारहरु प्राप्त गर्न नसकिरहेको चर्चा गर्दै बालबालिका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, बाल संगठन तनहुँको अध्यक्ष मदन तिमल्सिना, व्यास नगरपालिकाका शिक्षा प्रमुख केदार आचार्य, सत्यवती माविका प्रधानाध्यापक पुष्पकला भट्टराई, विकास तथा शिक्षा समन्वय इकाई शाखा तनहुँका अधिकृत विश्व रेग्मी, शिक्षक अभिभावक अभिभावक संघका अध्यक्ष कृष्णहरी गैरे, प्रधानाध्यापक राजेन्द्र खनाल लगायतले बालअधिकारको हक र संरक्षणका लागि सम्पूर्ण नागरिकहरू एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker