आँबुखैरेनीमा ला.प.से. चेकिङ : दुई बस चालक पोजेटिभ

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्गमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध सेवन (ला.प.से.) चेकिङ गर्दा दुई जना बस चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका छन्।

आज ११:३० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन गरिएको चेकिङ इलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा गरिएको हो। अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनीका प्रहरी कर्मचारी तथा आँबुखैरेनी अस्पतालका ल्याब टेक्निसियन सहितको संयुक्त टोलीले १५ वटा सवारी साधनका चालकहरूको ला.प.से. किट प्रयोग गरी परीक्षण गरेको थियो।

चेकिङका क्रममा दिउँसो करिब १२:०० बजे मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ३९७६ नम्बरको बसका चालक गोरखा नगरपालिका–१ ताप्ले निवासी ३३ वर्षीय टंकबहादुर नेपालीको ला.प.से. परीक्षण गर्दा पोजेटिभ देखिएको प्रहरीले जनाएको छ। यस्तै, करिब १२:३० बजे मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९८७४ नम्बरको बसका चालक तनहुँको म्याग्दे गाउँपालिका–६ थर्पु निवासी ३९ वर्षीय ज्योती श्रेष्ठको परीक्षणमा पनि लागुऔषध सेवन गरेको पुष्टि भएको छ।

पोजेटिभ देखिएका दुवै चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker