पौराणिक सहरकारूपमा रहेको तनहुँको बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

पौराणिक सहरकारूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन लागिएको हो ।
बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गर्नुभएको हो ।
बन्दीपुरमा आउने पर्यटकको लगत राख्न र घरबास (होमस्टे) होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने, घरबासको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गरी घरबास सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायत पर्यटकीयस्थलको संरक्षण, सवद्र्धन र प्रवद्र्धन गरिने अध्यक्ष थापाले बताउनुभयो ।
स्थानीय उत्पादनको पहिचान गर्ने र बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकलासम्बन्धी सामानको कोसेली घरमार्फत बिक्रीवितरण गरिने थापाले जानकारी दिनुभयो ।
बन्दीपुर गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा क्रमशः खुला व्यायामशाला विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक शिलालाई थप आकर्षक बनाइने, बन्दीपुरका २५ पोखरी तालपार्कको निर्माण यसैवर्ष सुरुआत गरिने जनाइएको छ । साथै बृहत् झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधार विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँकारुपमा प्रवद्र्धन गरिने थापाले उल्लेख गर्नुभयो ।
बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकलासम्बन्धी सामग्री, टुरिस्टगाइड हस्पिटालिटी तालिम, होमस्टे तालिम, रैथाने बाली परिकारलगायतका सीपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने थापाले बताउनुभयो ।
बन्दीपुरको पर्यटनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker