आँबुखैरेनी गाउँपालिकाको अस्पतालबाट शल्यक्रिया सेवा

तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट संचालित आँबुखैरेनी अस्पतालमा शनिबार हर्नियाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा ५९ वर्षीय माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया भएको हो ।

दमौली अस्पतालका प्रमुख एवं सर्जन डाक्टर परिवर्तन बराल नेतृत्वमा शल्यक्रिया भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । डा.बरालसहित एनस्थेसिया सहायक कुशल भट्टराई, आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डिबी क्षेत्री, नर्सहरु पूजा रावल, सीमा सापकोटा क्षेत्री, प्रयोगशाला प्रमुख अमृत पण्डित र ओ टि सहयोगी श्रावण बुढाथोकीको टिमले सफल सल्यक्रिया गरेका हुन् । करिब साढे दुई घण्टामा शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्य सेवा अन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी एस केन्द्र सञ्चालनको अनुमती प्रदान भएपछि शल्यक्रिया सेवा आवश्यक भएका बिरामीले चेक जाँच पश्चात उक्त सेवा लिन सकिने अस्पतालले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker