दमौलीको आदिकविमा स्ववियु निर्वाचन प्रकृयामा धाँधली भएको भन्दै उच्च अदालतमा रिट दर्ता

दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रकृयामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरिएको छ ।

क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार सविन लामिछानेले शुक्रबार उच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको आइतबारलाई पेशी तोकिएको छ ।

रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विशेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको छ ।

सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकामा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको अनेरास्ववियुले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेको भन्दै अनेरास्ववियुले निर्धारित समयभित्र अनेरास्ववियुको मात्र उम्मेदवारी परेको भन्दै आफ्ना उम्मेदबारलाई निर्वाचित भएको घोषणा गर्न माग गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker