तनहुँका स्थानीय तहमा ३२ करोड ४० लाख बढी बेरुजु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ मा ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेको विवरण सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा तनहुँका दश स्थानीय तहको बेरुजु रकम ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ देखाइएको छ ।

दशवटै स्थानीय तहको गरी १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको महालेखापरीक्षक वार्षिक प्रतिवेदनामा उल्लेख गरिएको छ । जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु रु ३४ करोड ४९ लाख एक हजार रहेको थियो । उक्त आर्थिक वर्षमा रु १२ अर्ब ३० करोड ३३ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकामा रु २ अर्ब ३५ करोड ६ लाख ५५ हजारको लेखापरीक्षण गर्दा रु ११ करोड ७२ लाख ४७ हजार बेरुजु देखिएको छ । आँबुखैरेनी गाउँपालिकामा रु ९६ करोड ७७ लाख ६७ हजारको लेखापरीक्षण गर्दा रु २ करोड तीन लाख ५४ हजार बेरुजु देखिएको छ ।

बन्दिपुर गाउँपालिकामा रु ६५ करोड ३४ लाख ३५ हजारको लेखापरीक्षण गर्दा रु १ करोड ७५ लाख ४४ हजार बेरुजु देखिएको छ । भानु नगरपालिकामा रु १ अर्ब ६५ करोड ७८ हजारको लेखापरीक्षण गर्दा रु ४ करोड ४१ लाख ८७ हजार बेरुजु देखिएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिकामा रु २ अर्ब ९ करोड ८९ लाख ५९ हजारको लेखापरीक्षण गर्दा रु ५ करोड ९६ लाख ९३ हजार बेरुजु देखिएको छ । ऋषिङ गाउँपालिकामा रु १ अर्ब १५ करोड ७९ लाख ९४ हजारको लेखापरीक्षण गर्दा रु २ करोड ५६ लाख ७३ हजार बेरुजु देखिएको छ ।

घिरिङ गाउँपालिकामा रु ६९ करोड १९ लाख ३१ हजारको लेखापरीक्षण गर्दा रु १ करोड ८ लाख ५६ हजार बेरुजु देखिएको छ । देवघाट गाउँपालिकामा रु ८६ करोड ९८ लाख ८० हजारको लेखापरीक्षण गर्दा रु १ करोड ७६ लाख ६७ हजार बेरुजु देखिएको छ ।

म्याग्दे गाउँपालिकामा रु १ अर्ब ९ करोड ९७ लाख ८१ हजारको लेखापरीक्षण गर्दा रु ४५ लाख ५८ हजार बेरुजु देखिएको छ । भिमाद नगरपालिकामा रु १ अर्ब २२ करोड १७ लाख ७० हजारको लेखापरीक्षण गर्दा रु ६३ लाख १५ हजार बेरुजु देखिएको छ ।

यस्तै, व्यास नगरपालिकाले उक्त आर्थिक वर्षमा रु १ अर्ब १६ करोड ६२ लाख ६ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ४७ करोड ४९ लाख ४१ हजार, बन्दिपुर गाउँपालिकाले रु ३२ करोड ७१ लाख ७५ हजार, भानु नगरपालिकाले रु ७६ करोड ६९ लाख ३५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

शुक्लागण्डकी नगरपालिकाले रु १ अर्ब १५ करोड ६९ लाख ९५ हजार, ऋषिङ गाउँपालिकाले रु ६९ करोड ९७ लाख ३२ हजार, घिरिङ गाउँपालिकाले रु ३४ करोड १५ हजार, देवघाट गाउँपालिकाले रु ४२ करोड ९० लाख ४५ हजार, म्याग्दे गाउँपालिकाले रु ५४ कराड ४२ लाख १२ हजार र भिमाद नगरपालिकाले रु ५९ करोड ८० लाख ७० हजार खर्च गरेको छ ।

स्रोतको आकलन, राजस्व संकलन, विकास निर्माण एवं सेवा प्रवाहमा स्थानीय तहले सम्पादन गरेका काम कारबाहीको विश्लेषण गर्दा कानून निर्माण र सोको परिपालना, जिम्मेवारी र जवाफदेहिता वहन, सार्वजनिक सम्पत्ति र स्रोतको उपयोग, सार्वजनिक निर्माण, सेवा प्रवाह र प्रतिवेदन प्रणालीमा सुधार गरी वित्तीय अनुशासन पालना गराउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधारबेगर राजस्व छुट दिएको, राजस्व बक्यौता असूली लक्ष्यअनुसार नभएको, बजेट अनुशासनको पालना नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक आयव्ययको कार्य प्रचलित कानुनीविधि प्रक्रिया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रूपमा लिइन्छ ।

यो प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलम भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker