सीप मुलक तालिमको शुभारम्भ

तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको मेशिनबाट कपडा सिलाएर शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेशको मुल व्यवस्थापन र महासंघको प्राविधिक सहयोगमा आधारभूत तहको तालिम लिई सिलाई व्यवसाय गर्दै आएका महिलाहरुलाई पुनःताजकि तालिम अन्तर्गत ‘सीप विकास सम्बन्धी कार्यक्रम’ आयोजना गरिएको हो ।
यस तालिममा तनहुँका आँवुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिकाका गरी करिब ५० जना महिलाहरुको सहभागिता रहेको छ ।
तस्विर : भञ्ज्याङ