पत्रकारद्वय खड्का र नहर्कीलाई “युवा पत्रकारिता पुरस्कार”

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि तनहुँका दुइ क्रियाशील पत्रकारलाई सिफारिस गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँले उक्त पुरस्कारका लागि पत्रकारद्वय नारायण खड्का र अमरराज नहर्कीलाई सिफारिस गरेको हो । भञ्ज्याङ दैनिकका सम्पादक तथा सगरमाथा टेलिभिजन तनहुँका सम्वाददाता खड्का र गोरखापत्र दैनिकका तनहुँ सम्वाददाता नहर्कीलाई समाजको स्थापना दिवस भदौ १५ गते (अगष्ट ३१ तारिख)का अवसरमा पत्रकारद्वयलाई उक्त पुरस्कार प्रदान गर्ने जनाइएको छ । पत्रकारद्वय नहर्की र खड्काले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि पत्रकार महासंघ तनहुँबाट सिफारिस शाखा अध्यक्ष उज्जल पौडेलले बताए ।

महासंघ तनहुँका अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले शाखामा आवद्ध पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरिएको सचिव प्रताव रानाले जानकारी गराए । उनका अनुसार पत्रकारको सदस्यता नवीकरणका लागि मिडिया भिलेजमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी सुनिता डोटेल भण्डारीको उपचार्रार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker