तनहुँको कोत्रेबाट लागूऔषध सहित ३ र भरुवा बन्दुकसहित किहुँबाट एक जना पक्राउ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ प्रहरीले लागूऔषध सहित ३ जना र भरुवा बन्दुकसहित एक जना युवकलाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहीरी कार्यालय पोखराका अनुसार इलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलिले २८६ एम्पुल सहित विभिन्न लागूऔषध सहित ३ जना युवालाई पक्राउ गरेको हो ।

शुक्लागण्डकी नगरपालिका-४ कोत्र स्थित गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेका तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकाको साथबाट प्रहरीले लागूऔषध डाइजापाम-१०४ एम्पुल, नुफिन-८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरी जम्मा २८६ एम्पुल लागूऔषध फेला पारि बरामद गरेको छ । पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी गराएका छन् ।

भरुवा बन्दुकसहित १ जना पक्राउ

यस्तै, इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले सोमबार भरुवा बन्दुक लिई हिडिरहेका एकजनालाई पक्राउ गरेको छ ।

तनहुँको भिमाद नगरपालिका-२ बन्दिछापमा एकजना मानिस भरुवा बन्दुक बोकी हिडिरहेको भन्ने विशेष सूचनाको अधारमा प्रहरी चौकी किँहूबाट खटिएको प्रहरी टोलिले ती व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने ६० वर्षिय टुक बहादुर थापा रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले १ नाले भरुवा बन्दुक फेला पारेको छ । निज उपर हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक रेग्मीले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker