आँवुखैरेनीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँवुखैरेनी गाउँपालिका-४ स्थित पावरहाउस नजिकैबाट ट्रक मर्स्याङ्दी नदीमा खस्दा दुइ जनाको मृत्यु भएको छ ।
मुग्लिनङबाट आँवुखैरेनीतर्फआउँदै गरेको ना३ख ९९७३ नम्बरको ट्रक सडकबाट करिब एक सय मिटर तल नदीमा खस्दा चालक र सहचालकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी गराएका छन् ।
दुर्घटनामा परी बागलुङको गलकोट नगरपालिका-८ बस्ने ट्रक चालक ३७ वर्षीय जय कंडेल र सोही ठाउँका ३५ वर्षीय सहचालक मिनबहादुर कंडेल रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।










