आँबुखैरेनीको ६ नम्बर वडामा पहिलो पटक कालोपत्रे सडक निर्माण गरिदै

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ मा पहिलो पटक सडक कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत वडा नं. ६ का विभिन्न सडक खण्डहरूमा कालोपत्रे कार्य तीव्र रूपमा अगाडि बढाइएको हो ।

गाउँपालिकाका अनुसार हिलेखर्क खण्ड (करिब २ किलोमिटर) र वडा नं. १ अन्तर्गत समस्तिपुर–गिरन्चौर खण्ड (करिब २ किलोमिटर) मा कालोपत्रे सडक निर्माण कार्य भइरहेको छ । यसले स्थानीयवासीलाई वर्षायाममा हुने सास्ती कम गर्नुका साथै आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ ।

हिलेखर्क सडक स्तरोन्नति योजना अन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा नं. ६ को कार्यालयसम्मको सडक सुधार कार्य सञ्चालनमा रहेको छ। सो योजनाको पहिलो चरणमा करिब २ किलोमिटर सडक कालोपत्रे गरिँदैछ भने बाँकी खण्ड क्रमशः स्तरोन्नति गरिने जनाइएको छ ।

त्यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको सडक खण्डमा संघीय सरकारबाट करिब ६ करोड रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयन भएमा चालु आर्थिक वर्षभित्रै हिलेखर्क–बरादी सडक पूर्ण रूपमा स्तरोन्नति हुने गाउँपालिकाको अपेक्षा रहेको छ। स्थानीय तहले सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको भन्दै यस योजनाले क्षेत्रीय विकास र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker