चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोला बाङ्गे रहमा डुबेर दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा डुबेर आइतबार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ बस्ने ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँ बस्ने २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker