तनहुँको भन्सारमा एकीकृत बस्ति विकास कार्यक्रम

भञ्ज्याङ न्यूज

भानु । तनहुँको भानु नगरपालिका-१ भन्सारमा एकीकृत बस्ति बिकास कार्यक्रम संचालन गरिने भएको छ । नेपाल सरकार शहरी बिकास मन्त्रालय र भानु नगरपालिका अन्तर्गत रहेको भानु नगर विकास समितिले संयुक्त बैठक गरी सो कार्यक्रम लागु गर्ने बारे प्रकृया अगाडि बढाएको हो ।

भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भन्सारमा बसेको बैठकले नयाँ शहर आयोजनाबाट संचालित भानु नपा वडा नं. १ अर्न्तर्गत पर्ने भन्सार जग्गा एकीकरण आयोजनाको प्रकृया अगाडि बढाउन नेपाल सरकार नयाँ शहर आयोजनासँग बीऊ पुँजी माग गर्ने निर्णय गरिएको छ ।

यस्तै, नयाँ शहर आयोजनाबाट संचालन हुने जग्गा एकीकरण आयोजना कार्यान्वयनलाई तीव्रता दिने सम्बन्धमा नयाँ शहर आयोजना कार्यालयले परामर्शदाता र जग्गा एकीकरण आयोजना उपभोक्ता समितिको संयुक्त बैठक बसि आवश्यक छलफल र परामर्श गर्ने निर्णय गरिएको छ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे, मालपोत, नापी, वन कार्यालय तनहुँका प्रमुख नगर विकास समितिका सदस्य, नयाँ शहर आयोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker